Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – विश्वकप फुटबलमा सनसनीपूर्ण नतिजा आउने क्रम जारी छ। आफ्नो ऐतिहासिक प्रदर्शन गर्ने क्रममा मोरक्कोले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकन टिमसमेत बनेको छ। पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक हुँदा मोरक्को सेमिफाइनल पुग्न सफल रह्यो। यसअघि मोरक्को पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेर नयाँ कीर्तिमान बनाएको थियो।

विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा पोर्चुगल विरुद्ध मोरक्कोले पहिलो हाफको ४२ औ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि एन नेसीरिले एट्याट अल्लाको क्रसलाई सानदार हेड गर्दै गोल गरेका थियो।पहिलो हाफमै अग्रता बनाउने क्रममा अन्तिम समयमा मोरक्कोले सानदार गोल गर्न सक्यो। खेलमा बलमा पकड भने पोर्चुगलले राखेको थियो। खेलमा १२ सट प्रहार गरेको पोर्चुगलले ३ सट टार्गेटमा राखेको थियो। मोरक्कोले पनि ९ सट प्रहार गर्दा ३ सट टार्गेटमा राख्यो। तर मोरक्कोले राम्रा वान भर्सेस वानका मौका चुकाएको थियो।

पोर्चुगलले गरेको पहिलो हाफको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले बराबरीको राम्रो मौका चुकेको थियो। दोस्रो हाफमा पनि पोर्चुगलले केही राम्रा मौका सदुपयोग गर्न सकेको थिएन। जारी खेलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि पहिलो हाफमा बेञ्चमा रहेका थिए। अब मोरक्कोले फाइनल प्रवेशका लागि फ्रान्स र इंग्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

साविक विजेता फ्रान्स पनि सेमिफाइनलमा

क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। अल बायट रंगशालामा भएको खेलको १७औं मिनेटमा औरेलिन चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पेनाल्टी एरिया बाहिरबाट चोआमेनीले गरेका सशक्त प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १–० ले पछि परेका इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो। फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा फ्रेन्च फरवार्ड ओलिभर जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै पुनः फ्रान्सलाई अग्रता दिलाए। एन्टोइन ग्रिज्म्यानले बायाँतर्फबाट दिएको क्रसलाई पेनाल्टी बक्स भित्र रहेका जिरुडले गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेट नबित्दै फ्रेन्च फुल ब्याक थियो हर्नान्डेजले इङ्लिस मिडफिल्डर म्यासन माउन्टलार्य फाउल गरेपछि केनसामू फेरि खेल बराबरी गर्ने मौका थियो। तर, केनले स्पटबाट गरेको प्रहार आकाशिँदा इङ्ल्यान्डले बराबरी गर्ने मौका गुमाएको थियो।

सोही अग्रताको बचाऊ गर्दै चार वर्षअघिको च्याम्पियन फ्रान्सले सेमिफाइनल यात्रा तय गर्यो। फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ। शनिबार राति नै भएको खेलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा पुगेको हो। जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्ने छन्। फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुनेछ।

चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया