काठमाडौँ – कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए ।
रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सरकारको विज्ञप्तिमा उल्लेख गरिएको छ ।