Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २-० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

गोलकिपर हेनेसेले रातो कार्ड पाएपछि वेल्स दश खेलाडीमा समेटियो भने इरानले त्यसैको फाइदा उठायो । ८७ मिनेटसम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यसमा खेलमा नयाँ ट्वीस्ट आयो । हेनेसेले ८७ औं मिनेटमा इरानका मेहदी तारेमीलाई पेनाल्टी बक्स बाहिर आएर फाउल गरेपछि रातो कार्ड पाए । पहिला पहेँलो कार्ड देखाएका रेफ्रीले पछि भीएआरको सहयोगमा रातो कार्ड देखाए । त्यसपछि वेल्सले आरोन राम्सेको स्थानमा दोस्रो रोजाईँका गोलकिपर ड्यानी वाडलाई मैदान पठाएको थियो ।

रातो कार्ड पाउनुअघि वेल्सका हेनेसेले केही राम्रा बचाउ पनि गरेका थिए । तर रातो कार्ड पाउँदै हेनेसेले भिलेन बन्दा वेल्सलाई घाटा लाग्यो । त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

उनी ७८औं मिनेटमा अहमद नोयरोलाहीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै त्यसको दुई मिनेटपछि रेजाइएनले गोल गर्दै इरानलाई २-० को जित दिलाए । पहिलो खेलमा अमेरिकासँग पराजित भएको वेल्सको यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको वेल्सको नकआउट चरण पुग्ने सम्भावना यो हारले कमजोर बनेको छ । वेल्सले अब अन्तिम खेल इंग्ल्याण्डसँग खेल्नेछ भने इरानले अमेरिकासँग खेल्नेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया