Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – विश्वकप फुटबलमा जर्मनी र जापान प्रतिस्पर्धा गर्दैछन् । विश्वकप फुटबलमा सर्वाधिक सफल जर्मनीविरुद्ध एसियन पावर हाउस जापान मैदानमा उत्रिँदा स्वाभाविक रूपमा खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वकपमा बुधबार पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुवात गर्दा संयमित हुनेछ । समूह ‘इ’मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ मा सुरु हुनेछ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जापानविरुद्ध मैदान उत्रिँदा जर्मनीलाई अघिल्लो संस्करणको खराब प्रदर्शनलाई बिर्साउने चुनौती रहनेछ । त्यसैले जर्मनी पहिलो खेलमा नै ३ अंकका लागि प्रतिस्पर्धा गर्नेछ ।

२०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले यो पटक ४ वर्षअघिको खराव विरासत विर्सन पनि जर्मनी जापानविरुद्ध जित निकाल्न चाहन्छ । जापानले १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो। त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आइरहेको छ ।

रुस विश्वकपमा समेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो । जापानले समूह चरण पार गरेको थियो । यस पटक पनि जापान पुरानो बिरासतलाई जोगाउने योजनामा रहेको छ । जर्मनीविरुद्ध मैदान उत्रिँदा जापान पनि साउदी अरेबियाले जस्तै सरप्राइज जित चाहन्छ ।

जर्मनी र जापानबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा सन् २००४ मा जर्मनीले जापानलाई ३-० ले पराजित गर्दा सन् २००६ मा भने जर्मनी र जापानबीच २-२ गोलको बराबरी भएको थियो ।

फिफा विश्वकपमा भने यी दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया