Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो । शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र उनीहरूसँग कुवेतको भिसा भेटियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन् । ग्रामीण क्षेत्रका ती महिलालाई दुबई घुम्न लैजाने भन्दै कुवेतमा लगेर ‘बिक्री’ गर्न लागिएको थियो । सामान्य सोधपुछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ । सीधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुबई ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो ।

मानव बेचबिखनमा संलग्न समूहले यसरी सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ । यसरी त्यहाँ पुगेका धेरैजना समस्यामा परेको र पछिल्लो चार महिनामा ११ जनालाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी अनुरागकुमार द्विवेदीले बताए । ‘हिजो हामीले विमानस्थलबाट फर्काइएका महिलासँग सोधपुछ गर्दा उनीहरूलाई कहाँ जानेसम्मको जानकारी थिएन,’ एसएसपी द्विवेदी भन्छन्, ‘यसरी सयौँ नेपाली चेलीबेटीलाई मध्यपूर्वका विभिन्न देशमा बेचिएपछि हामीले विमानस्थलमा विशेष टोली खटाएर रोक्न थालेका छौँ ।’

प्रहरीका अनुसार भिजिट भिसामा संयुक्त अरब इमिरेट्स, कुवेत, सिरिया, लिबिया, इराक, ओमानजस्ता देशमा पुगेका नेपाली महिला शारीरिक शोषणको सिकार हुने गरेका छन् । प्रहरीले कुवेतबाट सात, दुबईबाट दुई तथा इराक र लिबियाबाट एक–एकजनालाई उद्धार गरेको छ । थप केही उद्धारको प्रतीक्षामा छन् ।

ब्युरोले गरेको अनुसन्धानअनुसार जनावरजस्तै मूल्य नै तोकेर नेपाली महिलाको ती देशमा घरेलु कामदारका लागि बिक्री हुने गरेको छ । ‘उताको एजेन्टले महिला पठाउन भनेर सुरुमै नेपालमा पैसा पठाइदिन्छन्, यताबाट महिला खोजेर उनीहरूको फोटो र भिडियो पठाई मोलतोल हुँदो रहेछ,’ एसएसपी द्विवेदी भन्छन्, ‘यहाँबाट महिला प्लेन चढ्नुभन्दा अघि नै उनको विदेशमा बिक्री भइसकेको हुन्छ ।’

एजेन्टहरूले एक महिलाकै लागि लाखौँ लिने र उनीहरूलाई खरिद गरेको शैलीमा शोषण गर्दै आएको उद्धार गरिएका महिलाले बताउने गरेका छन् । लिबियाबाट फर्किएकी एक महिलाले आफ्नो अनुहार नै जलाएर यातना दिएको बताएकी छिन् । आफू राम्री भएको र आफ्नो श्रीमान्सँग नजिकिन सक्ने भएकाले सुन्दरता बिगारिदिन त्यहाँको घरधनी महिलाले त्यसरी यातना दिएको उनले बताएकी छिन् ।

इराकबाट फर्किएकी एक महिलाले आफूमाथि पनि चरम शोषण भएकाले हारगुहार गरेर स्वदेश फर्किएको बताएकी छिन् । उनीहरू दुवैजना अध्यागमनको सेटिङमा त्यहाँ पुगेका थिए । फर्कन खोज्दा आफूहरूले लाखौँ रुपैयाँ तिरेर किनेकाले त्यो पैसा दिए मात्र जान दिने भन्दै उनीहरूले बन्धकसमेत बनाउने गरेका छन् ।

पछिल्लो तीन महिनामा यसरी फर्जी कागजपत्र प्रयोग गरी घुम्ने बहानामा खाडी देशहरूमा काम खोज्न जान लागेका ६ सय ४० जनालाई प्रहरीले विमानस्थलबाट फिर्ता गरेको छ । फिर्ता गरिएकामाथि सोधपुछ गर्दा धेरैले आफू जान लागेको ठाउँको नामसमेत बताउन नसकेको ब्युरोका एसपी दानबहादुर मल्ल बताउँछन् । शैक्षिक प्रमाणपत्र तथा बैंक स्टेटमेन्टलगायत कागजपत्र नक्कली बनाई गिरोहले उनीहरूलाई पठाउन लागेको थियो । तर, पीडितहरूले सहयोग नगर्दा प्रहरीले गिरोहका नाइकेलाई भने पक्राउ गर्न सकेको छैन । पीडितहरूले उजुरी नदिने प्रवृत्तिले समस्या भएको एसएसपी द्विवेदी बताउँछन् । मानव बेचबिखनसम्बन्धी मुद्दामा पीडितले उजुरी नदिएसम्म अनुसन्धान गर्न नमिल्ने प्रावधान छ ।

प्रहरीले पाएको सूचनामा मेनपावर र ट्राभल एजेन्सीले नै यसरी भिजिट भिसामा विभिन्न देशमा पठाउँदै आएका छन् । विगतमा अध्यागमन कार्यालयमा समेत उनीहरूको सेटिङ रहेकोमा प्रहरीको कडाइले पछिल्लो समय यस्तो प्रवृत्तिमा कमी आएको छ । भिजिट भिसाको नाममा मानव तस्करी बढेको सूचनापछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नै यसमा चासो राखी विमानस्थलमा कडाइ गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका हुन् । प्रहरीले कडाइ गरेपछि केही व्यक्ति मानव अधिकारको प्रश्न उठाएर भिजिट भिसाको सेटिङलाई खुलाउन लबिङ गरिरहेका छन् ।

मानव बेचबिखनमा एयरलाइन्सका कर्मचारीदेखि अध्यागमनसम्मको मिलेमतो हुने गरेको प्रहरी अधिकारी बताउँछन् । एयरलाइन्स कम्पनीहरूले पर्याप्त कागजपत्र नभई बोर्डिङ पास दिन मिल्दैन । तर, बिहीबार हिमालय एयरलाइन्सका कर्मचारीले जस्तै सेटिङमा बोर्डिङ पास जारी हुने र अध्यागमनले पनि सहजै प्रस्थान अनुमति दिने गरेको छ । मानव बेचबिखन रोक्नका लागि सबै सरोकारवालाबीच समन्यव आवश्यक रहेको एसएसपी द्विवेदी बताउँछन् । एयरलाइन्स कम्पनीबाट हुने कमजोरीबारे प्रहरीले नागरिक उड्डयन कार्यालयलाई समेत ध्यानाकर्षण गराएको छ । –नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया