Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ। टी–२० विश्वकपमा भारत दोस्रो पटक १० विकेटले पराजित भयो। यसअघि गत विश्वकपमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्ड २०१० मा च्याम्पियन बनेको थियो। त्यस्तै इंग्ल्यान्ड २०१६ मा पनि फाइनलमा पुगेको थियो। जतिबेला वेस्टइन्डिज सँग पराजित भएको थियो। अब इंग्लिस टिमले पाकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बिहीबार एडिलेडमा भएको सेमिफाइनलमा पहिले ब्याटिङ गर्दै भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले विना विकेटको क्षतिमा २४ बल बाँकी हुँदै पूरा गर्‍यो। इंग्ल्यान्डका लागि ओपनरद्वय एलेक्स हेल्स र जोस बटलरले पहिलो विकेटका लागि १ सय ७० रनको अविजित साझेदारी गर्दै टिमलाई जित दिलाए। जहाँ बटलरले ४९ बलमा ८० रन बनाउँदा ३ छक्का र ९ चौका प्रहार गरेका थिए। त्यस्तै हेल्सले ४७ बलमा ८६ रन बनाएका थिए। उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले। कोहोलीको यो जारी विश्वकपमा चौंथो अर्धशतक हो।

त्यस्तै कप्तान रोहित शर्माले २७ रन बनाउँदा हार्दीक पाण्ड्याले विष्फोटक इनिङ खेल्दै ३३ बलमा ६३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा सूर्यकुमार यादवले १४ रन बनाएका थिए। इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिँदा आदिल रसिद र क्रिस वक्सले समान १–१ विकेट लिए। अब उपाधिका लागि इंग्ल्यान्डले पाकिस्तानसँग १३ नोभेम्बरमा मेलवर्नमा प्रतिस्पर्धा गर्नेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया