Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – काठमाडौंको बानेश्वरमा अन्डरपास सडक निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र बानेश्वरमा अण्डरपास सडक निर्माण गर्ने घोषणाअनुसार अण्डरग्राउण्ड सडक निर्माण गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो चरणमा बानेश्वरको अण्डरपास सडक निर्माण गर्न लागिएको छ । जसका लागि डिजाइन तयार गर्न कन्सल्टेन्ट हायर गरिएको सडक विभाग अन्तर्गतको गुणस्तर तथा विकास केन्द्रका सूचना अधिकारी इन्जिनियर सौरभ बज्राचार्यले बताए ।  ‘नयाँ अण्डरपास निर्माणका लागि हाल डिजाइन तयार पार्न कन्सलटेन्ट हायर गर्ने काम भएको छ । गत सोमबार हायरको सूचना निकालेका थियौं,’ उनले भने  ।

अबको एक हप्तामा नयाँ कन्सलटेन्टसँग वर्ता भएर सम्झौता नै गर्ने तयारी भएको उनको भनाइ छ । यस्तै, सम्झौतापश्चात् कस्तो प्रकृतिको अण्डरपास निर्माण गर्ने भन्ने र लागत कति लाग्छ यकिन हुनेछ । सोहीअनुसार यो अण्डरपास सडकको लागत बारेमा पनि डिजाइन तयार भएपछि नै थाहा हुने उनको भनाइ छ ।

डिजाइनका लागि १८ महिनाको समय दिइनेछ । डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर प्रतिक्रियापछि दुई साता फाइनल डिजाइनका लागि समय दिइने उहाँले बताउनुभयो । तर डिजाइन पूरा गर्न नै तीन महिना लाग्नेछ । बानेश्वरमा बन्ने अण्डरपास कलङ्कीमा हाल रहेको अण्डरपास सडकको मोडेलकै हुने बज्राचार्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया