Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहका लगातार तेस्रो जित निकाल्दै पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९२ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित ४३ रन बनाउनुभयो । सुनिल धमलाले ३६, आरिफ शेखले ३५, कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले २८ रन बनाउनुभयो । बलिङमा लुम्बिनीका अनिल खरेलले दुई तथा दुर्गेश गुप्ता र मुहमद हुसेनले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरका सबै विकेटको क्षतिमा उक सय ८८ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रन बनाउनुभयो । विशाल विक्रम केसीले ३०, प्रज्वल थापाले २३, दुर्गेश थापा र मोहमद हुसेनले समान ११/११ रन बनाउनुभयो ।

बलिङमा पुलिसका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिनुभयो ।  सागर ढकाल र करण केसीले दुई दुई विकेट लिनुभयो । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ६ अंक बनाएको छ । दुई अंक बनाएको लुम्बिनी दोस्रो स्थानमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया