Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत जिम्बाब्वेविरुद्ध नेदरल्याण्ड्स ५ विकेटले विजयी भएको छ । बुधबार भएको खेलमा जिम्बाब्वेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्याण्ड्सले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनर म्याक्स ओ’दाउदले ४७ बलमा आठ चौका र एक छक्कासहित ५२ सर्वाधिक रन बनाए । त्यस्तै, टम कूपरले ३२ र बासडी लीडेले अविजित १२ रनको योगदान दिए ।

जिम्बाब्वेका लागि रिचर्ड नाङ्ग्राले, ब्लेसिङ मुजराबानीले दुई/दुई र यूक जोङ्वे एक विकेट लिए । त्यसअघि एडिलेड क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि सिकन्दर राजाले २४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । त्यस्तै, सेन विलियम्सले २८ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

नेदरल्याण्ड्सका लागि पउल भ्यान मेक्ररमले तीन, ब्रान्डन ग्लोवर, लोगान भ्यान बेक र बासडी लीडेले दुई/दुई र फ्रेड क्लासेनले एक विकेट लिए । आजको जितपछि पनि नेदरल्याण्ड्स सेमिफाइनलमा भने पुग्न सकेन । नेदरल्याण्ड्सले चार म्याच खेल्दा एकमा जित र तीन खेलमा हार बेहोरेको छ । त्यस्तै, जिम्बाब्वेले चारमध्ये दुईमा हार, एकमा जित र एक खेलमा बराबरी खेलेको छ । जिम्बाब्वे भने सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया