काठमाडौँ – नेपाल मै पहिलो पटक खाना पकाउने प्रतिस्पर्धात्मक रियालिटी टिभी शो ‘सेफ नेपाल’ मंसिरदेखि सुरू हुने भएको छ । शोको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराउँदै मंसिर महिनादेखि प्रतियोगिता सुरू गर्ने जनाएको हो ।
शो को रेकर्डिङ तिहारपछि सुरू हुने र यसको अनलाइन अडिसनका क्रममा २०० भन्दा बढी आवेदकहरुले यस प्रतियोगितामा सहभागी हुन आवेदन दिएको आयोजकले जनाएको छ । शो मध्येबाट ८० प्रतियोगी छनोट गरी यस ‘सेफ नेपाल’ शो को युट्युब च्यानलमा प्रशारण गरिएको छ ।