Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – भक्तपुर सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाबाट घटस्थापनायता दैनिक तीनदेखि चार सय विद्यार्थीले विदेश अध्ययनको अनुमतिपत्र (एनओसी) लिइरहेका छन् । दसैँ नजिकिए पनि तीनदेखि चार सय विद्यार्थीको भिड लागेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नवमी तथा टीकाको दिनसमेत विदेश अध्ययनमा जाने टिकट रहेको भन्दै विद्यार्थीहरूले एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वासुुदेव वस्तीका अनुसार दैनिक एनओसी लिन आउने विद्यार्थीको संख्या ठूलो छ । उनका अनुसार बिहीबार मात्र तीन सय ९४ जनाले एनओसी लगेका थिए । एक सय ३४ जनाको आवेदन अस्वीकृत र दुई सय ४३ जनाको रद्द भएको छ  ।

दसैँअघि सेवा सञ्चालन हुने अन्तिम दिन शुक्रबार दुई सय १३ जनाले एनओसी लगेका छन् भने ४७ जनाको अस्वीकार र एक सय ७७ जनाको रद्द भएको छ । दसैँअगाडि शुक्रबार मात्रै कार्यालय सञ्चालन हुने भएकाले प्रक्रिया पूरा गरेका सबैलाई एकैदिनमा एनओसी जारी गरेको थियो।   बुधबार तीन सय ५१ विद्यार्थीले एनओसी लगेका थिए । सो शाखाले २४ देखि ४८ घन्टामा सेवा प्रदान गरेको छ । शाखा प्रमुख वस्तीले दैनिक दुई सयभन्दा बढीले सोही दिन नै एनओसी लगेको बताए । कागजात मिलेका विद्यार्थीको बढीमा ४८ घन्टाभित्र एनओसी वितरण गरेको उनको भनाइ छ।

दसैँअगाडि पनि उस्तै भिड भएपछि विद्यार्थीलाई समस्या नहोस् भनेर बेलुकी ६ बजेसम्म शाखाका कर्मचारीले सेवा दिएका छन् । नवमी तथा टीकाको दिनसमेत विदेश जाने टिकट रहेको भन्दै एनओसी लिएको उनको भनाइ छ । चाडपर्व नजिकै रहेको र चाडपर्वकै वेला पनि बाहिर जान चाहनेको संख्या धेरै रहेको, युवाहरूले करिअरमा जोड दिने गरेको पाइएको बस्तीको भनाइ छ।

जापान, अस्ट्रेलिया र क्यानडा अध्ययनका लागि एनओसी लिनेको संख्या धेरै छ । अस्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नेको संख्या निकै कम छ । टेक्निकल र भोकेसनल अध्ययनमा जानेको भिसा झन्डै ९० प्रतिशत रिजेक्ट छ । युनिभर्सिटी तथा उत्कृष्ट कलेजमा जानेको भिसा प्रतिशत बढी छ।

अस्ट्रेलियामा भिसा पाउनेको संख्या कम भएपछि जापानका लागि आवेदन गर्नेको संख्या सबैभन्दा धेरै छ । शिक्षा मन्त्रालयका अनुसार भदौमा जापानका लागि चार हजार नौ सय ५१ जनाले एनओसी लगेका छन् । अस्ट्रेलियाका लागि एक हजार दुई सय ६२ जनाले एनओसी लगेका छन्।

 क्यानडा अध्ययनका लागि भदौमा एनओसी लानेको संख्या नौ सय १५ छ । बेलायतका लागि तीन सय ५७ जनाले एनओसी लगेका छन् ।  श्रमको गन्व्यका रूपमा चिनिएका देशमा समेत अध्ययनमा जाने संख्या बढेको छ । युएईमा भदौमा मात्र एक सय ८१, कोरियाका लागि एक सय ४१, कतारका लागि ६ जनाले एनओसी लगेका छन् । अमेरिका जान ६२ जनाले एनओसी लगेका छन् । –नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया