शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – अमेरिकी डलरको तुलनामा जापानी येनको भाउ घटेर सन् १९९८ को अगष्टयताकै न्यून स्तरमा ओर्लिएको छ । बुधबार कारोबार शुरु भएदेखि नै घट्न थालेको येनको भाउ एउटा विन्दुमा १४४ येनभन्दा मुनि आएको थियो ।

गएको १० दिनमा डलरको तुलनामा येनको भाउ ७ येनले घटिसकेको छ । मंगलबार अमेरिकामा सेवा क्षेत्रको व्यवसायिक गतिविधि अपेक्षाकृत उच्च रहेको खबरसँगै येनको भाउमा तीव्र कमी आएको हो । यो खबर सार्वजनिक भएसँगै १० वर्षे अमेरिकी ऋणपत्रको प्रतिफल पनि ३ दशमलव ३ प्रतिशत प्रतिशतले बढेर जुन १६ यताकै उचाईमा उक्लिएको थियो ।

बिहानी कारोबारमा डलर येन विनिमय दर १४४ दशमलव शून्य ३४ मा आएको थियो । फेडले ब्याजदर वृद्धिलाई निरन्तरता दिने अर्थशास्त्री तथा बजार विज्ञहरुले बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया