Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

टोकियो – महीनाभरको खर्च जुटाउन तपाईहरुमध्ये कतिपय दिनभर ८ घन्टा खटिनु हुन्छ । केहीले त २ सिफ्टमा काम गर्ने वा नियमित काम बाहेक अर्को ठाउँमा पार्ट टाइम काम समेत गर्दै हुनु हुन्छ होला । तर संसारमा यस्तो व्यक्ति पनि छन् जसले केही कामै नगरी घन्टामै १० हजार येन कमाइरहेका छन् । उनी अरु कोही नभएर जापानका शोजी मोरिमोतो हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कामै नगरी पैसा कमाउन पाए त कसले पो त्यस्तो काम नगर्ला र ! मानिसहरुले मरिमेटेर काम गरे बापत कम्पनी वा रोजगारदाताबाट तलब पाउँछन् । तर मोरिमोातोले भने कुनै कामै नगर्नका लागि पैसा पाउने गरेका छन् । ३८ वर्षका मोरिमोतोको काम भने टोकियोमा क्लाइन्टले बोलाएको समयमा उनीहरुसँग समय बिताउने वा उनीहरुलाई साथ दिने मात्रै हो । गएको चार वर्षमा उनले झन्डै ४ हजार जनालाई यो सेवा दिइसकेका छन् ।

हेर्दा ठिकठाक देखिने मोरिमोतोको ट्विटरमा झन्डै ५ २ लाख ५० हजार फलोअर छन् । आफ्ना अधिकांश ग्राहक उनले ट्विटरबाटै फेला पार्छन् । यी मध्ये एक जनाले त उनलाई २७० पटक साथ दिन बोलाएका छन् । आफ्नो घरगृहस्थी र चलाउन श्रीमति र छोरीको खर्चबर्चको जोहो गर्न मोरिमोतो पूर्ण रुपमा यही व्यवसायमा निर्भर छन् । एक दिनमा उनी एक वा दुई जना ग्राहकलाई भेट्छन् ।

तर यसबाट कति आम्दानी हुन्छ भन्ने चाँहि उनले खुलाएका छैनन् । कोरोना भाइरसको महामारी शुरु हुनुअघि उनले हरेक दिन तीन वा चार ओटा क्लाइन्टलाई भेट्थे । ‘खासमा म आफैंलाई भाडामा लगाउँछु, मेरो काम भनेको मेरा ग्राहकहरुले मलाई जे बनाउन चाहन्छन् त्यही बनिदिने हो र वास्तवमा मैले केही गर्नु पर्दैन’, रोयटर्ससँगको कुराकानीमा उनले भनेका छन् ।

कसैले उनलाई पार्कमा ढिकीच्याउ खेल्न बोलाउँछन् भने कसैले रेलको झ्यालबाट हात हल्ल्याएर हाँसेर बिदा गर भन्छन् । एक जनाले उनलाई फ्रिज सार्न बोलाएका थिए । तर उनी गएनन् । अर्का एक जनाले साथमा क्याम्बोडिया घुम्न जाउँ भनेर भनेका थिए । यो निम्तो पनि उनले स्वीकारेनन् । कसैले उनलाई चिया खान साथी बस भन्छन्, कसैले आफ्नो भूतपूर्व प्रेमी बन्न वा स्वर्गिय छोरा बनेर साथमा बसिदिन अनुरोध गर्छन् ।

कोही उनलाई बोलाएर चुपचाप बस्न लगाउँछन् । यो पेशामा लाग्नु अघि मोरिमोतो एउटा प्रकाशन कम्पनीमा काम गर्थे । तर त्यहाँ केही नगरेको भन्दै उनको बारम्बार आलोचना हुुन्थ्यो । आफ्नो यो खुबी ग्राहकसामु पस्किँदा के होला भन्ने सोचेर विचार गरेर अन्तिममा मोरिमोतोले यो पेशा शुरु गरेका हुन् ।

जापानीहरु धेरै मेहनती हुन्छन् । त्यस्तो खालको समाजमा आफूलाई कसरी हेर्लान् भन्ने सोचेर उनले हरेक हप्ता बुधवार टोकियोमा केही नगरी आफ्नो समय खर्चन थाले । तर भागदौड र कसैले कसैलाई समय दिन नसक्ने समयमा काम नगर्ने उनको पेशालाई धेरैले मूल्यवान ठान्न थालेका छन् ।

सबै मान्छे हरेक तवरले हरेक ठाउँमा काम लाग्ने खालकै हुनु पर्छ भन्ने त छैनन् भन्छन्, मोरिमोतो । एक घन्टा साथ दिएको मोरिमोतोले १० हजार येन लिन्छन् । भेटको समयमा उनी कहिले कुराकानीमा पहल गर्दैनन् । आवश्यक पर्यो भने सिधा जवाफ दिन्छन् । सेवा शुल्क बाहेक उनले आउजाउ खर्च पनि ग्राहकलाई नै तिराउँछन् । यस बीचमा खानपीनको खर्च पनि ग्राहकले नै बोहोर्नु पर्छ । –आर्थिक अभियान दैनिकबाट

तपाईको प्रतिक्रिया