मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – केन्यालाई ६ विकेटले हराउँदै नेपालले तीन वान डेको श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा भएको अन्तिम खेलमा नेपालले १७ बल बाँकी तेस्रो खेल जितेको छ ।

केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए । त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया