Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लान्ड्रिङ प्रकरणमा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले शुक्रबार ६ घण्टा सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको छ र अब १२ सेप्टेम्बरमा फेरि सोधपुछ गरिने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुकेश चन्द्रशेखर २०० करोडको ठगी मुद्दामा अभियुक्त हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप छ । उनले नोरा फतेही र ज्याकलिन फर्नान्डिजलाई महँगो उपहार दिएको पनि आरोप छ ।

नोरा फतेहीलाई सोधपुछका क्रममा सुकेश चन्द्रशेखर र उनको उपहारबारे करिब ५० प्रश्न सोधिएको थियो । राति आठ बजेसम्म उनीसँग सोधपुछ गरिएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार, उनलाई सोधिएको थियो कि उनले के उपहार पाइन्, उनी कोसँग कुरा गर्थिन्, उनले सुकेश र उनकी श्रीमतीलाई कहाँ भेटिन् ? थप केही प्रश्नको जवाफमा नोराले ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको र सुकेश चन्द्रशेखरसँग दुवै अभिनेत्रीको फरक–फरक कुराकानी भएको बताइन् ।

आर्थिक अपराध महाशाखाका विशेष सीपी रवीन्द्र यादवले भने, ‘हामीले हिजो नोरा फतेहीलाई बोलाएका थियौं । मुद्दालाई बलियो बनाउन सुकेशको कारागारबाटै आपराधिक सिन्डिकेटसँग सम्बद्ध व्यक्तिहरु चलिरहेको भन्ने प्रश्न उठेको थियो । उनीसँग करिब छ घण्टा सोधपुछ गरिएको थियो ।

बयानमा नोरा फतेहीले आफूलाई चेन्नईमा बोलाइएको कार्यक्रम यही अपराध सिन्डिकेटसँग सम्बन्धित छ भन्ने थाहा नभएको बताइन् । तर, आफूले पाएका गाडी र उपहार कहाँ प्रयोग भयो भन्ने सबै कुरा आफुलाई पनि थाहा नभएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सुकेश चन्द्रशेखर र उनका मानिसहरुले पहिले अभिनेत्रीहरूसँग सम्पर्क राख्थे र उनीहरूसँग नजिक हुने प्रयास गर्ने गरेको खुलासा भएको छ । उनीहरूलाई महँगो उपहार दिएर लोभ्याउने गर्थे । एएनआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै नोरा फतेहीको परिचय चन्द्रशेखरकी पत्नी लीना मारिया पलसँग भएको थियो, जसलाई पछि सोही मुद्दामा पक्राउ गरिएको थियो ।

चन्द्रशेखरकी पत्नीले नोरालाई म्यानेजरमार्फत भेटेपछि दुवै नजिक भए । चन्द्रशेखरले नोरालाई बीएमडब्ल्यू कार, महँगो फोन र अन्य उपहार पनि दिएका थिए । नोराले चन्द्रशेखर जेलमा रहेको र कुनै अपराधमा उपहार दिइँदै आएको जानकारी नभएको बयानमा बताएकी छन् ।

तपाईको प्रतिक्रिया