Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाण्डाै  – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् । शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे।

उनले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए । उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह पनि गरे । उनलेले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन् । बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया