काठमाडौँ – आर्थर गन नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनम काठमाडौं, लाइम एन लेमन लाउन्ज चितवन र रोलिङ स्टोन्स पोखराको व्यापक सफलतापछि गत बुधवार पनि लर्ड बुटवलमा उक्त टुरलाई भरपुर दर्शकहरू माझ जारी राखेका छन् । उक्त कार्यक्रममा ‘उनले के पीर पर्यो तिमीलाई ?’ गीतबाट शुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरूले आर्थरका नेपाली र अंग्रजी गीतहरूको मजा लिए । आफ्नो टुरको उद्घाटनमा काठमाडौं, चितवन, बुटवल र पोखराका दर्शकहरूको अपार माया र समर्थन पाएपछि आर्थरले धरान, विर्तामोड र कीर्तिपुरजस्ता नेपालका बाँकी शहरहरूमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औँ सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ह्याब् यु एभर सिन द रेन नामक गीतहरू गाएका थिए । उनको प्रस्तुतिलाई सबै निर्णायकहरूद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटि पेरीले उनलाई ‘हि ईज द बेस्ट’ भनी प्रशंसा पनि गरेकी थिइन् ।
उनी उक्त शोको १८औँ सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरू र कलाकारहरूले समस्त कार्यक्रम भरि प्रशंसा गरेका थिए ।टुबोर्गको संगीतसँग निकै गाढा सम्बन्ध रहेको छ र टुबोर्गले नेपालमा आफ्नो शुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागी समर्थन गर्दै आएको छ । त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर, आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रही आएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैँ समर्थन गर्दै आएको छ । सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्ब महसुुस गरेका छौँ किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’