काठमाडौं – टि–२० श्रृङखलाको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई ५ विकेटले पराजित गरेको छ । जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले १३१ रनको विजयी लक्ष्य पाएको थियो । केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । उनले २४ बलमा १ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै आरिफ शेख २४ रन, ज्ञानेन्द्र मल्ले २३ रन, आसिफ शेखले १९ रनको योगदान गरे । केन्याको बलिङमा लुकास लुवोच र भिराज पटेलले समान दुई विकेट लिए भने निहेमिया ओधिआम्बोले एक विकेट लिए । पहिला ब्याटिङ गरेको केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए । नेपालले केन्यामा पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।
पहिला ब्याटिङ गरेको केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए । यस्तै, लुकास ओलुओचले ३०, नेल्सन ओधिएम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले समान एक विकेट लिए । नेपालले केन्यामा पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअनुसार भदौ ९ गते १४ गतेसम्म ट्वान्टी २० शृंखला र भदौ १७ गतेदेखि एकदिवसीय शृंखला खेल्ने तालिका छ ।