Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – बार्सिलोना र म्यानचेस्टर सिटीबीच बुधबार राति भएको मैत्रिपूर्ण खेल रोमाञ्चक बराबरीमा सकिएको छ। बार्सिलोना भ्रमणमा पुगेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु समर्थकमाझ ३–३ गोलको बराबरी खेलेको हो। २१औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले अग्रता लिएका थियो। तर २९औँ मिनेटमा औवामियाङले बार्सिलोनालाई बराबरीमा ल्याए।

६६औँ मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए। तर सिटीले तीन मिनेटपछि नै ७०औँ मिनेटमा कोल पाल्मेरको गोलबाट पुनः खेललाई २–२ को बराबरीमा ल्यायो। दोस्रो हाफमा पुन अग्रता बनाउने क्रममा बार्सिलोनाले डिपाएको गोलमार्फत ७८औँ मिनेटमा खेललाई ३–२ को अवस्थामा पुर् र्याए। तर जितोन्मुख बार्सिलोनालाई इन्ज्युरी समयमा झट्का लागेको थियो। अन्तिम समयमा पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्दा सिटी हारबाट जोगियो भने खेल रोमाञ्चक बराबरीमा सकियो।

‘द ग्रेट गेम फर द ग्रेट कज’ अर्थात् महान कार्यका लागि महान् खेल नामकरण गरेर सिजनको बिचमै मैत्रिपूर्ण खेल आयोजना गरिएको थियो। विशेषगरी निको नहुने नसा सम्बन्धी रोग ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस’ (एएलएस) सम्बन्धी सचेतना र पीडितलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले खेल आयोजना गरिएको हो।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओला बार्सिलोनामा रहँदा गोलरक्षक प्रशिक्षक रहेका जुआन कार्लोसपनि २०२० देखि यो निको नहुने नसासम्बन्धी रोगबाट पीडित छन्। उनको सहयोगमा पनि केहि रकम खर्च गरिने जनाइएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया