Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाइएको छ । सलमानलाई केही समयअघि लरेन्स बिश्नोई समूहले ज्यान मार्ने धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हरिणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो हरिण मारेको आरोप छ । २४ वर्षअघि फिल्म  ‘हम साथ साथ है’ को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।

कालो हरिणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा कालो हरिणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हरिणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ ।

यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ । गाउँको मन्दिरमा राख्नका लागि कालो हरिणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।

स्थानीय हनुमान राम विश्नोईले सलमानले हरिण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जो कोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया