Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराकाे विवाहको विषय बारे बेलाबेला चर्चा भइरहन्छ। उनीहरू विवाहकाे तयारीमा छन् भन्ने खबर पनि आइरहन्छ। तर करण जोहरको शो ‘कफी विथ करण’ मा अर्जुनले अहिले आफू विवाह गर्न तयार नभएको बताएका छन्।

उनले करणसँग विवाहकाे बारेमा कुराकानी गर्दै भने, ‘इमानदारीताका साथ भन्ने हो भने म अहिले विवाहको लागि तयार छैन। कोभिड र लकडाउनबीच दुई वर्षमा धेरै कुरा भयाे। मलाइकाको नि आफ्नो जीवन र परिवार छ। म पनि आफ्नो करिअरमा केन्द्रित हुन चाहन्छु। म रियलस्टिक मान्छे हुँ। यसमा लुकाउनु पर्ने कुरा छैन।’

‘म प्रोफेशनल रुपमा व्यवस्थित हुन चाहन्छु तर आर्थिक रुपमा होइन, भावनात्मक रुपमा। म यस्तो काम गर्न चाहन्छु जसमा मलाई खुसी लागोस्। किनकी म खुसी छु भने आफ्नो पार्टनरलाई पनि खुसी दिन सक्छु। मैले आफ्नो खुसी आफ्नो कामबाट पाउँछु,’ उनले भने।

करणको शोमा उनले मलाइकाको हजुरआमासँग भेटघाट गरिसकेको बताए।  अर्जुन र मलाइका लगभग ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। उनीहरूले २०१९ मा आफूहरू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए। ३७ वर्षका अर्जुन कपूर उमेरमा मलाइकाभन्दा १२ वर्ष कान्छा छन्।

अर्जुनभन्दा पहिला मलाइका सलमान खानको भाइ अरबाज खानको श्रीमती थिइन्। उनीहरूले २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। मलाइका र अरबाजका एक छोरा अरहान छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया