Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल-२०२० का उपविजेता ‘अर्थर गन’ का नामले चिनिने दिवेश पोखरेलले नेपालमा प्रस्तुति दिने भएका छन् । उनलाई बियर ब्रान्ड टुबोर्गले सांगीतिक अभियानमा यही महिना नेपाल निम्त्याइएको घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् । अमेरिकन आइडल १८ औं सिजनको एक हिस्सा बनेपछि अर्थर गनको लोकप्रियता निकै बढेको हो । अंग्रेजी गीत प्रस्तुतिमा उनले आइडल अडिसनबाटै आफ्नो फरक पहिचान बनाएका हुन् । उनले ८ वटा गीतको आफ्नो पहिलो एल्बम ‘ग्रहण’ २०१८ मा ल्याएका थिए ।

त्यसयता २०१९ मा ‘खोज,’ ‘म’ र ‘कर्णाली’ लगायतका गीतहरू ल्याएका छन् । अंग्रेजी गायनमा संसारभर युवामाझ परिचयको दायरा फराकिलो पारेका उनलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।

गोर्खा ब्रुअरीका बजार निर्देशक आशिष विष्ट भन्छन्, ‘टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । त्यसलाई निरन्तरता दिँदै आर्थर गनलाई बोलाउन पाउँदा निकै गर्व महसुस गरेका छौं किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीतप्रेमीहरूलाई गौरवान्वित बनाएका छन् ।’

होमकमिङ टुरका बारेमा सोध्दा पोखरेलले भनेका छन्, ‘नेपाल आउन पाउँदा म धेरै खुसी छु । म सबैलाई भेट्न र मेरो यात्रामा मलाई साथ दिनु हुने शुभचिन्तक माझमा प्रस्तुति दिन निकै उत्साहित छु ।’

तपाईको प्रतिक्रिया