Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – यसै साता आउन लागेको गाईजात्रा पर्वमा हास्य कलाकार मनोज गजुरेलका तीनवटा रुप देख्न पाइने भएको छ।  भौतिक रुपमा कार्यक्रम हुन छाडे पनि भर्चुअल माध्यमबाटै गजुरेलको गाईजात्रा हेर्न पाइनेछ। यस वर्षको गाईजात्रामा हास्य कलाकार गजुरेल अर्थमन्त्री जनार्दन शर्मा बनेर प्रस्तुत हुँदैछन्। अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणबाट विवादमा तानिएका शर्मालाई गजुरेलले यस वर्षको गाईजात्रे पात्रका रुपमा छानेका हुन्।

साउन २७ भित्र गजुरेलले शर्माको रुप धारण गरेको भिडिओ सार्वजनिक हुनेछ। शर्माको स्वरुपमा गजुरेलको यो पहिलो ‘क्यारिकेचर’ हो। दोस्रो व्यंग्यात्मक भिडिओमा गजुरेललाई श्रीलंकाका पूर्वराष्ट्रपति एवं निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षेको सकलमा देख्न पाइनेछ। गजुरेलले व्यंग्यात्मक विषयवस्तुबारे जानकारी दिँदै भने, ‘म श्रीलंकाको राजपाक्षे बन्नेछु र नेपालका ६ जना लाजपचेका नेताहरुलाई देश कसरी डुबाउने भन्ने कला सिकाउने छु।’

राजपाक्षेसँग शिक्षा लिने ६ नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालको क्यारिकेचर गरिने गजुरेलले जानकारी दिए।

गजुरेलले भने, ‘६ जना नेपालका लाजपचे नेताले महिन्दा राजपाक्षेसँग सम्वाद गरेको देखाइने छ।’ गजुरेलको तेस्रो प्रस्तुती चाहिँ अरबका शेखसँग नेपाली म्यानपावर कम्पनीका एजेन्टले गरेको सम्वाद प्रस्तुत गरिनेछ। नेपालका म्यानवापर कम्पनीले कसरी श्रमिकलाई ठगेका छन् र नेपाली कामदारको दुःख  गाईजात्रामा देखाइनेछ।

हास्य कलाकार गजुरेलले स्वदेशी र विदेशी धेरै नेताहरुको क्यारिकेचर गरिसकेका छन्। उनले यसअघि प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, पूर्वराजा ज्ञानेन्द्रदेखि दिएर रामदेव, नरेन्द्र मोदी, सि चिनफिङ, डोनाल्ड ट्रम्प आदिको अभिनय गरिसकेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया