Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।

अडिसनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपाली भाषी प्रतिभाहरूले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ । भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बसोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरूले पनि अडिसनमा सहभागिता जनाएको आयोजकको भनाइ छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजीमा जोड दिने बताए । उनले आफ्नो खोजि पनि प्रतिभाकै रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताए ।

तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् । आगामी एक महिना भित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया