बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ४५४ वटा नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको छ । आज २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीनहजार ९२९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया