शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार राजधानी सहर टोकियो ल्याइएको छ। उनको हत्या भएको एक दिनपछि पार्थिव शरीर टोकियो ल्याइएको हो।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार आबेको हत्यापछि अहिले समग्र जापान शोकमा डुबेको छ। जपानमा यस किसिमका हिंस्रक घटना दुर्लभ मानिन्छ।

यसैबीच नेताहरुले आइतबार हुन गइरहेको जापानी संसदको निर्वाचन प्रचार जारी राख्ने निर्णय गरेका छन्। शुक्रबार पार्टीको निर्वाचन प्रचारको लागि सम्बोधन गरिरहेको समयमा सिन्जो आबेको गोली हानी हत्या भएको हो।

प्रहरीका अनुसार आबेलाई गोली हान्ने ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ। उनले घरमा नै बनाइएको बन्दुकले आबेलाई गोली प्रहार गरेका थिए। उनले हत्या गरेको स्वीकार गरेका छन्। पक्राउ परेका व्यक्तिसँग घरमा नै बनाइएको अन्य बदुकहरुका साथै विष्फोटक पदार्थ पनि बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया