Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँटेलिभिजन सोमा जजको कुुर्सीमा बसेर ‘सुपर से उपर’ भन्दै प्रतिस्पर्धीको तारिफ गर्ने शैलीले बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई दर्शकसँग बिरानो हुन दिएको थिएन । यति मात्र होइन कि उनले यही काम गरिगरिकन नयाँ फ्यान बनाएको पनि अनुमान गर्न सकिन्थ्यो ।

तर टेलिभिजनमा उनलाई देखेर दंग पर्ने दर्शक हलमा जाने कष्ट भने गरेनन् । एउटा मात्र होइन, दुई–दुई फिल्ममा शिल्पाले यो नियति भोग्नुपर्यो । अन्ततः बलिउडका अधिकांश अभिनेत्रीको झैँ उनको पनि कबब्याक बिर्सनलायक रह्यो ।

शिल्पा सेठ्ठीले कम्तिमा एक दशकपछि ‘हङ्गामा २’मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् । पहिलाको हिट फिल्मको नाम लिइएको यो फिल्मले उनलाई उद्योगमा पुनस्र्थापित गर्ने धेरैको विश्वास थियो । तर यो फिल्मले नराम्ररी धोका दियो । अघिल्लो वर्षको जुलाई अन्तिममा रिलिज भएको फिल्मले बक्स अफिसमा ५ करोडको पनि व्यापार गर्न सकेको थिएन । ३० करोड लगानी भएको फिल्म हल रिलिजमा फ्लप मानिएको थियो ।

लगभग एक वर्षपछि पर्दामा फर्किएकी शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रर्दशनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ ।

ठूलो पर्दा लामो समय छाडेर फेरि फर्कने अभिनेत्रीको प्रयास उति सफल देखिएको छैन । सन् ८०/९० को दशकमा राज गरेका श्रीदेवी, माधुरी दीक्षित, करिष्मा कपुर आदिको पनि कमब्याक उति राम्रो भएको थिएन । तर शिल्पाको झन् बिजोग भएको छ । न फिल्मले पैसा कमाएका छन् न शिल्पाको अभिनयको तारिफ भएको छ । फिल्मको भाषामा भन्दा उनको कमब्याक सुपरफ्लप देखिएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया