Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार भएको फाइनलमा उनी विजेता घोषित भएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोजक द हिडन ट्रेजरका अनुसार काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ जनामध्ये उत्कृष्ट सावित भएकी हुन् । विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले हात पारेकी छन् ।

मिस नेपाल २०२२ का लागि आकृति शाह, आश्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ को प्रतिस्पर्धीको रुपमा छानिएका थिए । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष भने मिस नेपाल भएको थिएन ।

तपाईको प्रतिक्रिया