Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – नायिका करिष्मा मानन्धरले न्यायका लागि अनसन बसिरहेकी महोत्तरीकी निहारिका राजपुत र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको बताएकी छन् । निहारिकाले आफ्नो प्रस्ताव स्वीकार गरे आफ्ना दुईवटी छोरी भएको आफूले महसूस गर्ने करिष्मा बताउँछिन् ।

आफ्नी छोरी (कविता)भन्दा कम उमेरकी निहारिका समस्यामा रहेको र उनका लागि आफू सहारा बन्न चाहेको उनले स्पष्ट पारिन् । “मेरो छोरीभन्दा पनि कम उमेरकी निहारिका अहिले न्यायका लागि अनसन बसिरहेकी छन् । उनलाई मैले म सहयोग गर्छु भनेको छु,” करिष्मा भन्छिन्, “उनको समस्याका लागि सबैले आवाज उठाउनुपर्छ । म मेरोतर्फबाट सहयोग गर्छु । उसलाई म छोरी सरह बनाएर राख्छु । उनको बच्चालाई राख्छु । न्यायसँगै उसको लालनपालन र शिक्षा पनि ठूलो कुरा हो, यो गर्न म तयार छु ।”

करिष्माले आफूले सांसदहरूलाई पनि उनको न्यायका लागि आवाज उठाउन भनेको जानकारी दिइन् । करिष्माले निहारिकालाई आर्थिक सहयोग पनि गरेकी छन् ।
“मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आउ, म छु,” करिष्माले सामाजिक संजालमा लेखेकी छन् ।

न्यायको माग गर्दै वसन्तुपरमा अनसन बसिरहेकी निहारिकाको २१ महिनाको बच्चा छ । करिष्माले अनसन बसेर आफ्नो स्वास्थ्यलाई कमजोर बनाएरभन्दा स्वस्थ भएर न्यायका लागि लड्न सुझाव पनि दिएकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया