Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – करण जोहर आफ्नो शो ‘कफी विथ करण’को सातौं सिजन ल्याउने तयारीमा छन्। यस सिजनको पहिलो गेस्ट रणवीर कपूर र आलिया भट्ट हुने चर्चा थियो। तर करणले उनको शोमा रणवीर कपूर नआउने बताएका छन्।

उनले एक अन्तर्वार्तामा रणवीरले आफूलाई शोमा नबोलाउन आग्रह गरेको बताए। करणले भने, ‘रणवीरले मलाई पहिला नै शोमा नबोलाउनु भनेका थिए। उनलाई लाग्छ कि शोमा गरिएको कुराकानीले लामो समयसम्म विवाद झेल्नु पर्छ। रणवीरले म तिमीलाई धेरै माया गर्छु भन्दै शोमा नबोलाउन आग्रह गरे। शोमा नआए पनि उनले मेरो घरमा आएर कफी पिउँला भनेका छन्।’

२०१७ मा ‘ए दिल हे मुश्किल’को प्रमोशनको लागि कफी विथ करणमा जाँदा रणवीरले भनेका थिए, ‘म थाकिसकें। यो सिजनमा बाध्य भएँ। अर्काे सिजनमा आउन चाहन्नँ। शोमा विवादास्पद टिप्पणीहरूले पैसा कमाउँछौं। तर हामी वर्षभरि यसको मूल्य चुकाइरहेका हुन्छौं।’ करणसँग रणवीर र आलिया दुवैजनाको राम्रो सम्बन्ध छ। तर उनीहरू करणको शोमा नजाने भएका छन्।

रणवीर र आलिया अभिनित फिल्म ‘ब्रह्मास्त्र भाग एकः शिवा’ सेप्टेम्बर ९ देखि प्रदर्शन हुँदैछ। आयान मुखर्जीले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका छ। फिल्मको कहानी शिवामा आधारित छ जसको भूमिका रणवीरले निभाएका छन्। शिवा इशासँग प्रेम गर्छन्। इशाको भूमिकामा आलिया छिन्।

शिवासँग एक सुपर-पावर छ, ‘अग्नीको शक्ति’। अमिताभ बच्चन ब्रह्मा र नागार्जुन भगवान विष्णुको भूमिकामा देखिएका छन् भने मोनी रोय नकारात्मक भूमिकामा देखिएकी छन् जो ब्रह्मास्त्र कब्जा गर्न चाहन्छिन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया