Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – कुनै समय नेपाली दर्शकले मान्छेबाट उठाएर ‘भगवान्’को तहमा उभ्याइदिएको धुर्मुस–सुन्तली जोडी अहिले कहाँ र के गर्दै होला ? राज्य र महानगरको असहयोगका कारण बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बीचैमा छोडेर हिँड्न बाध्य यो जोडीको अवस्थावारे आम दर्शकलाई चासो हुनु स्वाभाविकै हो ।

यो जोडी अचेल सिंहदरबारतिर अधिकांश मन्त्री र सचिवका कार्यकक्षमा डकुमेन्ट्री बनाउने प्रस्तावसहित सक्रिय छ । यो जोडीले आफ्नी छोरी सुबिहानी फिल्मसको ब्यानरमा प्रत्येक मन्त्रालय र सरकारी निकायसँग डकुमेन्ट्रीको काम मागिरहेको छ । हरेक निकायबाट घटीमा ५ लाख मूल्यको प्रचार सामग्री निर्माण गर्दै युट्युबमा हाल्नमा जोडी केन्द्रित भएको पाइएको छ । हालै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सौजन्यमा ‘खिनौरीको बाउ’ नामक सामग्री निर्माण गरी युट्युबमा हालेका छन् । यस्तै, परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको टोल फ्रि नम्बर नामक तीन मीनेट २४ सेकेण्डको भिडियो पनि अपलोड गरिएको छ ।

राहदानी विभागबाट उसैगरी ई–पासपोर्टसम्बन्धी डकुमेन्ट्री बनाउने सम्झौता कार्यान्वयन भइसकेको छ । निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचनसम्बन्धी ७ मीनेट २१ सेकेण्ड लामो सचेतनामूलक भिडियोको काम पनि सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना खोपसम्बन्धी, सहकारी विभाग, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत अधिकांश मन्त्रालयसँग यस्तो सहकार्य भइसकेको छ ।

भूमि व्यवस्था मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार धुर्मुस–सुन्तलीले सो मन्त्रालयको डकुमेन्ट्री निर्माणबापत चार लाख असी हजार रकममा १३ प्रतिशत भ्याट थपेर भुक्तानी लिएको छ । संघीय सरकारको २२ वटा मन्त्रालय प्रत्येकबाट ५ लाखको दरले सम्झौता हुन सक्दा झण्डै १ करोड रकम धुर्मुस–सुन्तलीको नाममा जाने देखिन्छ । उनीहरूको तर्क छ, हामी कलाकार हौँ, कला देखाएर मिहिनेतको मूल्य लिन किन नपाउने ? ढाँटेर, छलेर, ठगेर खान पो भएन !’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया