Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – मंगलबार (३१ मे) मा अकस्मात मृत्यु भएका चर्चित पाश्र्वगायक कृष्णाकुमार कुन्नथ (केके) को पोस्टमार्टम रिर्पोट आइसकेको छ । कोलकत्तामा भएको कन्सर्टमा लगातार २ घण्टा प्रस्तुति दिएका केकेको केही समयपछि नै अचानक मृत्युको खबर आयो । उनको अकस्मात मृत्युले सबैलाई चकित बनाएको थियो ।

कन्सर्टमा हुँदै एक्कासि मुटु दुखेकाले उनलाई होटल लगिएको थियो । तर, होटलमा पुग्दासम्म उनको पीडा झनै बल्झिएपछि त्यहाँबाट सीधै अस्पताल लगिएकोमा डाक्टरले उनको निधन भइसकेको पुष्टि गरेको थियो ।

केकेको टाउको र अनुहारमा चोट पनि देखिएको भन्दै कतै मारपिट वा हत्याको आशंकामा उनको पोस्टमार्टम पनि गरियो ।

बिहीबार उनको पोस्टमार्टमा रिर्पोट आइसकेको छ । नवभारत टाइम्सका अनुसार केके को पोस्टमार्टम रिर्पोटमा उनको निधन हृदयाघातबाट भएको पुष्टि गरेको छ । रिर्पोटका अनुसार गायक केकेको फोक्सो र कलेजोको अवस्था पनि एकदमै बिग्रिसकेको थियो ।

पोस्टमार्टमको रिर्पोट आएसँगै उनको आजै (बिहीबार) नै दिउँसोको १ बजेदेखि अन्तिम संस्कारको तयारी सुरु भएको छ । यतिबेला, मुम्बईस्थित उनको घरमा अन्तिम संस्कारका लागि थुप्रै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन् ।
उनको पार्थिव शरीर बुधबार साँझ नै कोलकत्ताबाट मुम्बई ल्याएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया