शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – दक्षिण अमेरिकी र युरोपेली च्याम्पियन्सहरू अर्जेन्टिना र इटालीबीच भएको ला फिनालिसिमाको उपाधि अर्जेन्टिनाले जितेको छ। इटालीलाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो।

अर्जेन्टिनाको लागि लाउटेरो मार्टिनेजले पहिलो गोल गरे। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एञ्जल डी मारियाले गोल गरे। अन्तिम गोल पाउलो डिबालाले गरे।

पछिल्लो ११ महिनामा मेस्सीले कप्तानको रूपमा अर्जेन्टिनालाई दोस्रो उपाधि दिलाए। पहिलो उपाधि गत वर्षको कोपा अमेरिका हो। फिनालिसिमा कोपा अमेरिका विजेता र युरो कप विजेताबीच खेलिएको थियो।

मेस्सी र अर्जेन्टिनाको लागि यो जित यसकारण पनि खास भयो कि- यसअघि अर्जेन्टिनाको लागि फिनालिसिमाको उपाधि डिएगो म्याराडोनाले जितेका थिए। म्याराडोना र मेस्सी दुवैको जर्सी नम्बर १० हो।

हिजोको खेलमा मेस्सी म्यान अफ द म्याच भए। मेस्सीले हालसम्म ४५ वटा फाइनल खेल खेल्दा ४६ गोल गरेका छन्।

इटालीका कप्तान जर्जियो चेलिनीले भने हिजोको खेलबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

तपाईको प्रतिक्रिया