Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – लोकसंगीतमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजन छिट्टै प्रशारण हुने तयारीमा छ ।

हिमालय टेलिभिजनले उत्पादन र प्रशारण गर्न लागेको शोको केही दिनयता डिजिटल अडिसन चलिरहेको छ । शोमा प्रतिस्पर्धा गर्न चाहनेले घरमै बसेर अडिसन दिन सक्नेछन् ।

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानुपर्नेछ । त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ ।प्रारम्भिक छनोटमा पर्ने प्रतियोगीलाई लोकस्टार निर्माण टिमले फोनमार्फत अगाडिको प्रक्रियाको जानकारी दिनेछ । एपबाट अडिसन दिने कठिनाई भए प्रतियोगीतहरूले आफ्नो विवरणसहित गीतको भिडियो क्लीप सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ । शोको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् ।

‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि चारजना निर्णायक –जज)हरू तय गरिएको छ । जसमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् ।

यीमध्ये रामजी पहिलो सिजनमा पनि निर्णायकमा थिए भने कुमार, कुलेन्द्र र ज्योतिलाई दोस्रो सिजनको निर्णायकका रुपमा लिइएको हो ।

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् । उनले प्रतिस्पर्धीहरूको संगीत कौशल निखार्न सहयोग गर्ने जनाइएको छ । ‘नेपाल लोकस्टार’को पहिलो सिजनमा रोल्पाका शनि विश्वकर्मा विजेता बनेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया