शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडाैं – सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति लिने भएको हाे ।

मंगलबार संघीय संसद्‌‌काे दुवै सदनसमक्ष नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे बताएकी हुन् । ‘पेट्रोलियम पदार्थमा नियमित तथा सहज तथा लागतप्रभावी बनाइनेछ’, उनले भनिन्, ‘पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाइनेछ ।’

पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको हो।

तपाईको प्रतिक्रिया