Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

नागोया – स्वदेशमा मात्र होइन, विदेशमा पनि केही नेपालीहरूको गतिविधिले सारा नेपालीहरूको गौरवले छाती फुल्ने गर्छ । त्यस्तै भएको छ, अहिले एक नेपाली चेली सौन्दर्य प्रतियोगिता २०२२ मा भएको जापानको प्रतिस्पर्धा १० देखि १२ वर्ष उमेरका (Preteen pan Pacific Award winner )प्रथम हुँदै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ । जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा उनी आफ्ना परिवार सँगै बस्दै आएकी छिन् । १२ वर्षिया युमे अधिकारीले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय – २०२२ सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् । सो प्रतियोगिता ४० वर्ष देखि लगातार आयोजना हुँदै आएको बताइएको छ । उक्त प्रतियोगिता मिसेस् फ्याबुलस अन्तर्गतको एउटा ब्रान्ड भएको र यसले अन्तर्राष्ट्रियकरण एवम् सामाजिक योगदानका गतिविधिका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन् ।उक्त प्रतियोगिता अमेरिकामा आगामी जुलाई २७ तारिख आयोजना हुने बताइएको छ । आफूले स्कुलको पढाई सँगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने अधिकारी आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहाँ सम्म आइपुग्न सजिलो भएको बत्ताउँछिन् ।आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवसर पाएकोमा धेरै खुसी छु , युमेकी आमा अञ्जना धिताल (अधिकारी)ले भनिन। प्रतियोगितामा समावेश हुन जापानबाट अमेरिका जान साथै प्रतियोगितामा निकै प्रतिस्पर्धा हुने हुँदा पूर्व तयारी तथा प्रशिक्षणका लागि ठूलो रकम खर्च हुने हुँदा इच्छुक महानुभावहरूले यथा सक्दो सहयोग गर्न सक्ने बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया