Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘बयान पूरै फेरिएको होइन। उजुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । करणीको व्यहोराको जाहेरी दिए पनि पल शाहले करणी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए । नाबालिग गायिकाले आइतबार बकपत्रमा जर्बजस्ती करणी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।

शारीरिक सम्बन्ध भएको हैन भनेकी थिइन्’, उनले भने । शर्माका अनुसार अदालतमा ८ जनाको बकपत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापा लगायत केही पलका साथीहरुको बकपत्र गरेको तनहुँ अदालतले जनाएको छ । स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बत्रपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए । बकपत्रमा बयान फेरिए पनि मिसिलमा संग्लन प्रमाणले सत्य बोल्ने उनले बताए ।

१९ गतेलाई जिल्ला अदालतले पेसी तोकिएको स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिए । सरकारी साक्षी र आउन बाँकी भएकाले झिकाउन आदेश हुने उनले बताए । नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा नाबालिग गायिकाको वुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध जाहेरी दिएका थिए ।

जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया