Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – नेपाली ब्राण्ड खुकुरी रमको नयाँ प्याकेजिङ जापानमा पनि सार्वजनिक गरिएको छ । मयुर कर्पोरेशन जापानले खुकुरी रमको परिवर्तित प्याकेजिङको जापानभर बिक्री सुरु गरेको हो ।नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गरेपछि जापानको लागि एक मात्र वितरक मयुर कर्पोरेशनले आइतबार टोकियोमा एक कार्यक्रमकाबीच अनावरण गरिएकाे हाे । कर्पोरेशन जापानको लागि विगत २२ वर्षदेखि आधिकारिक बिक्रेताको रूपमा रहँदै आएको छ ।कर्पोरेशनका प्रबन्ध निर्देशक अरुणकुमार श्रेष्ठका अनुसार प्याकेजिङ परिवर्तन भए पनि स्वादमा भने कुनै परिवर्तन छैन । गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिइएको उनको भनाई छ ।श्रेष्ठ नेपाली ब्राण्डलाई चुनौती मोलेर जापान आयात गर्ने व्यवसायीको रूपमा चिनिन्छन् । सुरुवाती दिनमा नेपाली ब्राण्डलाई जापान भित्र्याउँदा धेरै संघर्ष गर्नुपरेको उनले स्मरण गरे ।अनावरण कार्यक्रममा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली, एनआरएनए आइसिसी एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय उपसंयोजक ददिवल खड्का, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुभाष लामिछाने, सामाजिक व्यक्तित्व श्री गुरुङ, व्यवसायी सुमन कार्की, शिवहरी पौडेललगायतको उपस्थिति रहेको थियो ।कम्पनीले २० वर्षपछि लन्डनको कम्पनीमा डिजाइन गरेर उत्पादनको प्याकेजिङ परिवर्तन गरेको हो । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टिलरिज’ले १९५९ देखि नेपाली बजारमा गुणस्तरीय रम उत्पादन गर्दै छ । कम्पनी स्थापनाको ६२औँ वर्षमा ग्राहकको अपेक्षालाई ध्यानमा राखी प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उतारेको जनाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया