शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले युनाइटेड अरब इमिरेट्स (दुबई) मा धेरै नेपालीहरूले भिल्ला किनेको खुलासा गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

नेपालीहरूले दुबईमा भिल्ला किन्ने पैसा नेपालबाटै लगेको समेत उनले बताए । ‘अहिले दुबईमा धेरै नेपालीहरूको भिल्ला रहेको छ भन्ने कुरा आएको छ । त्यो पनि नेपालबाटै गएको पैसाले किनेको त होला ।’ उनले भने ।

त्यसैगरी नेपालमा पछिल्लो समय देखिएको आर्थिक संकटको कारण सहुलियतपूर्ण ऋण प्रवाह कहाँ गयो भन्ने कुरा थाहा नहुनु नै रहेको बताए ।

याे पनि : देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो

तपाईको प्रतिक्रिया