बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

अमेरिका – टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ ।

डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो । उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ । एक वर्षअघि भुसाललाई सजायका लागि अदालतमा पेश गरिएको थियो ।

विभिन्न प्रकारका गलत काममा भुसाल संलग्न भएको देखिएपछि उनी पक्राउ परेका थिए । थुप्रै गलत काम गर्दै आएका भुसालले १० हजार अमेरिकी डलरभन्दा कमको नगद कारोबार गर्दै कानुन छल्नेसम्मको प्रयास गर्दै आएका थिए ।

उनले अमेरिका बाहिर पनि पैसा पठाएको जनाइको छ । उनलाई १४ लाख ३७ हजार ३५९ अमेरिकी डलर यसरी कारोबार गरेको आरोप लगाइएको छ ।

अनलाइन जुवालगायत विभिन्न काममा नेपाली संलग्न भन्दै अहिले त्यहाँ कडाई गरिएको छ । थुप्रै नेपालीलाई अमेरिकी राजश्व विभाग आइआरएसले पत्र पठाएको बुझिएको छ ।
हेरौँ- जस्टिस डिपार्टमेन्टको प्रेस विज्ञप्ति :

https://www.justice.gov/usao-edtx/pr/texas-man-sentenced-cryptocurrency-money-laundering-conspiracy

 

हिमालय खबरबाट

तपाईको प्रतिक्रिया