आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको सहकार्य हुने भएकाे छ । जीतु र दमनले यसको पुष्टि गरेका हुन् ।

‘मुन्द्रेको कमेडी क्लब’को तयारी गरिरहेका जितुले अब दमनसँग सहकार्य गर्ने सोचमा रहेको बताए । ‘उहाँ मेरो सिनियर पनि हो । साथी पनि हो । त्यसैले अब मुन्द्रेको कमेडी क्लब आउँदा उहाँसँग सहकार्य हुन्छ,’ जितुले भने, ‘अहिले सेट डिजाइनको काम गरिरहेको छु । एजेन्सीसँग फाइनल भएपछि कलाकार सार्वजनिक गर्छु ।’ एजेन्सीसँग छलफल चलिरहेको जितुको भनाइ छ ।

लामो समय जितु र दमनले हास्य कलाकारको जोडीका रुपमा काम गरेका थिए । तर, केही वर्ष अगाडिदेखि उनीहरू छुट्टाछुट्टै काम गर्न थालेका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै निर्देशक दिनेश डिसी भित्र्याएर जीतुले शो ल्याउन लागेका हुन् । शो छिट्टै आउने जीतुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया