Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अमेरिकी अभिनेता विल स्मिथले ओस्कार्स एकेडेमीबाट राजीनामा दिएका छन् । आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि उनी विवादित बनेका थिए । क्रिस रकलाई थप्पड हानेको घटनाले संसारभर चर्चा भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘मैले एकेडेमीको अनुशासनात्मक सुनुवाइको सूचनालाई सीधै जबाफ दिएको छु । म मेरो आचरणको सबै परिणामहरू पूर्ण रूपमा स्वीकार गर्नेछु । ९४औँ एकेडेमी अवार्ड प्रस्तुतिमा मेरो कार्यहरू स्तब्ध, पीडादायी र अक्षम्य थिए’ उनको विज्ञप्तिमा भनिएको छ ।

मञ्चबाट हास्य कलाकार क्रिसले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए । ठट्टापछि स्मिथ आफू बसिरहेको स्थानबाट उठेर क्रिसलाई थप्पड हानेका थिए । थप्पड हानेपछि स्मिथको चर्को आलोचना भएको थियो । सो घटनापछि ओस्कार्स एकेडेमीबाट राजीनामा दिन दबाब बढेको थियो ।

तपाईको प्रतिक्रिया