Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने अन्तिम तयारी भइरहेको छ । वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार फागुन पहिलो साता भएको ‘क्यालिब्रेसन’ उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउनेछ । वैशाख ९ गतेदेखि पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुनेछ । विमानस्थल सञ्चालनमा आइसकेपछि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसक्ने अवस्थामा अब भैरहवामा अवतरण हुने प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।

भैरहवा विमानस्थलबाट यात्रा सस्तो पर्ने र लुम्बिनी आउने पर्यटक बढ्ने सरकारको अपेक्षा छ । लुम्बिनी विकास कोषले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि लुम्बिनी आउने विदेशी पर्यटक दोब्बर हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्य भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सिधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।

जजिरा एयरवेजबाट दैनिक उडान
यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न पाँच मुलुकका ११ भन्दा बढी कम्पनीले चासो देखाएका छन् । ती विमान सेवा कम्पनीमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर छन् ।

व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।

अन्य विमान कम्पनीले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणका प्रवक्ता कर्णले बताए । ‘अरू कम्पनीले आफ्नो योजना बनाइरहेका होलान् तर हामी जजिराले सबभन्दा अगाडि इच्छा देखाइसकेकाले हामी उत्साहित भएका छौँ,’ उनले भने । जजिरा एयरवेजले हाल काठमाडौँ–कुवेत दैनिक उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया