आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

आज  उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । उनले आफूलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन माग गरेको बुझिएको छ ।

नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि शाहलाई जिल्ला अदालत तनहुँले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया