Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

टाेकियाे – जापानले रुसमाथि थप प्रतिबन्ध लगाउने क्रममा आफ्नो देशमा उत्पादन भएका लक्जरी कारहरूको निर्यातमा रोक लगाएको छ । जापानी समाचार एजेन्सी क्योदोका अनुसार हप्तादिन पछि लागु हुने गरी जापानले सो प्रतिबन्ध लगाएको हो ।

यसअघि जापानका अटोमेकर कम्पनी टोयोटा मोटर्स र मज्दा मोटर कर्पोरेशनले रुसमा रहेको फ्याक्ट्रीमा उत्पादन कार्य बन्द गरेका थिए । यसका साथै टोयोटा र मज्दा ब्रान्डका कारहरूको निर्यातमा पनि प्रतिबन्ध लगाएका थिए ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि जापानका विभिन्न कम्पनीहरूले रुसमा आफ्नो सेवा प्रदान गर्न बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया