Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – दक्षिणी चीनमा दुर्घटनामा परेको विमानका यात्रु र चालकदलका सदस्यको खोजीमा उद्धारकर्ताहरू जुटिरहँदा उनीहरूका परिवार सूचनाको व्यग्र प्रतीक्षामा नजिकैको विमानस्थलमा जम्मा भएर बसेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चालकदलका सदस्यसहित १३२ जना सवार चाइना ईस्टर्नको उडान नम्बर एमयू ५७३५को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाले चीनभरि मानिसहरू शोकमग्न छन् । राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न आदेश दिएका छन् ।

दुर्घटनामा परेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको भन्दै उद्धारकर्ताहरू चिन्तित देखिएका छन् । तर मङ्गलवार अबेरसम्म कति जना हताहत भए भन्ने विवरण सार्वजनिक भएको छैन । घटनास्थलमा सयौँको सङ्ख्यामा उद्धारकर्ताहरू परिचालन भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले विकट पहाडी भूभागबाट विमानका भग्नावशेषहरू सङ्कलन भइरहेको र अझै खोजी जारी रहेको उल्लेख गरेका छन् । खोजीमा जुटेकाहरूले मानिसहरूका झोला, पर्स र परिचयपत्रका अवशेषहरू सङ्कलन गरेका छन् । घटनास्थलबाट प्राप्त विवरणहरूअनुसार विमान दुर्घटना भएको ठाउँमा जङ्गलमा आगो लागेका कारण जलेका रूखहरू स्पष्ट देखिन्छन् ।

यसैबीच विमानमा सवार मानिसहरूका परिवार र साथीहरू ग्वाङ्जाऊ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । कुन्मिङबाट उडेको चाइना ईस्टर्न एअरलाइन्सको उक्त विमान सोमवार अपराह्ण उक्त विमानस्थलमा आइपुग्नुअघि दुर्घटनामा परेको थियो । अधिकारीहरूले विमानमा सवार यात्रु र चालकदलका सदस्यहरूको अझै पहिचान गर्न सकेका छैनन् ।

ग्वाङ्जाऊमा एउटा अन्तिम संस्कारमा सहभागी हुन आउन लागेका जनाको समूह पनि सोही विमानमा चढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ग्वाङ्जाऊ विमानस्थलमा चिन्तित परिवारहरू प्रतीक्षारत रहेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।

चीनको विमान दुर्घटनापछि भारतको वायुसेवा नियामक निकायले बोइङ ७३७ मोडलका सबै विमानहरूलाई उच्च निगरानीमा राखेको जनाएको छ । उसले उडान प्रक्रिया र सञ्चालन लगायतका विषयहरूको निगरानीका लागि टोलीहरू पठाएको जनाएको छ ।

चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको मानिएकाे छ । विश्वभरि बोइङ ७३७-८०० मोडलका ४,२०८ वटा यात्रुवाहक विमान सञ्चालनमा रहेको उड्डयन विश्लेषक संस्था सिरियमले जनाएको छ । तीमध्ये एकचौथाइभन्दा बढी विमानहरू चीनमा रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया