Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) १२.५४ अंकले बढेर २६४७.२० विन्दूमा पुगेको छ।

यस्तै, ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि मंगलबार २.०६ अंकले बढेर ४९८.३६ विन्दुमा पुगेको छ। मंगलबार सेयर बजारमा कूल २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। कारोबारमा आएकामध्ये मंगलबार १०६ कम्नपीको सेयरमूल्य बढ्यो भने ७७ कम्पनीको मूल्य घट्यो। यस्तै, १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

मंगलबार ट्रेडिङ बाहेक सेयर बजारका सबै समूहको उपसूचक उकालो लाग्यो। ट्रेटिङ (व्यापार) समूहको उपसूचक भने २६.५३ अंकले ओरालो लाग्यो।  मंगलबार इमर्जिङ नेपाल कम्नपीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। केही दिनदेखि निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ।

यस्तै, राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स (संस्थापक समूह), नेपाल टेलिकम, शिवम् सिमेन्ट, ज्योति विकास र जीवन विकास लघुवित्त क्रमश: अगाडि रहे।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया