Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडाैं – कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । नेपाल कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले कोरियास्थित कानुन तथा न्याय मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछा पालन क्षेत्रमा खेप्दै आएको कामदार अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए ।

न्याय मन्त्रालयले मौसमी कामदार लैजानेबारे नेपालसहित चार देशका प्रतिनिधिसहितको छलफलमा यसबारे परिवर्तन भएको कानुनबारे औपचारिक जानकारी गराएको थियो । मौसमी कामदार आपूर्ति गर्ने देशमा प्रतिनिधिहरू श्रमिक पठाउँदा देखिने सकारात्मक र नकारात्मक पाटोका बारेमा राय संकलन गरेपछि कोरियाले यस्ता कामदार लैजाने भएको हो । नेपालबाट मौसमी कामदार लैजानेबारे कोरियाको न्याय मन्त्रालयसहित अध्यागमन विभागका निर्देशक संह्यनन्ली तथा छाङ्दो पार्कले मौसमी कामदारका बारेमा श्रमिक स्रोत देशलाई जानकारी गराइसकेका छन् ।

कोरियाको अध्यागमन विभागका निर्देशक छाङ्दो पार्कले यसअघि पनि मौसमी कामदार माग गर्ने गरेकोे भए पनि परिमार्जन गरिएको नियमबारे नेपाली पक्षलाई जानकारी गराएका छन् । कोरियन पक्षले विगतमा मौसमी कामदार छनोट गर्दा दलालका कारण कामदारले मोटो रकम असुली गर्ने गरेको गुनासो गर्दै आएको छ । तर नेपालबाट भने पहिलो पटक मौसमी कामदार जान लागेका हुन् । यसअघि मौसमी कामदारले कोरियामा तीन महिनामात्र बस्न पाउने व्यवस्था भएको कारण अवैधानिक हुने क्रम बढेका कारण हाल यसलाई पाँचदेखि ६ महिना बढाइने जनाइएको छ ।

कोरियामा घट्दो जनसंख्या, बुढ्यौलीपना, युवाहरुको कृषिप्रतिको घटदो अभिरुचिले कोरियाको कृषि क्षेत्रमा हाल कामदारको चरम अभाव हुन थालेको छ । हाल नेपाल कल्चर सेन्टर कोरियाको पहलमा नेपाललाई मौसमी कामदारका लागि लगभग चार हजार जना लैजानेबारे कोरियाका ३० भन्दा बढी स्थानीय निकायबाट अनुरोध आएकोे जनाइएको छ । नेपाल कल्चर सेन्टर कोरियाका प्रतिनिधिले नेपालबाट मौसमी कामदार लैजानेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलगायत सम्बन्धित व्यक्तिसँग भेटघाटसमेत गरिसकेका छन् ।

कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपालको श्रम मन्त्रालयले कानुनी प्रकृया अघि बढाइरहेको जनाएको छ । कानुनी प्रक्रिया पूरा भएपछि नेपाल र कोरियाका स्थानीय सरकारबीच प्रत्यक्ष एमओयु गरी कामदारको माग गरिने जनाइएको छ । मौसमी कामदार छनोटमा कुनै किसिमका मानवीय संसाधन, तथा व्यक्तिगत संलग्नता नहुने कुराको जानकारी गराउँदै नेपाल सरकारका स्थानीय तथा कोरिया सरकारका स्थानीय निकायबीच सहकार्य भई न्यूनतम खर्चमा कोरियामा रोजगारीको अवसर पाउने जनाइएको छ ।

कोरियामा मौसमी कामदार पठाउने कामको प्रकृया कार्यान्वयनमा आउन भने केही समय लाग्ने देखिन्छ । हालसम्म नेपालका कुनै पनि नगरपालिकाले आधिकारिक सम्झौता गरेको छैन । नेपाल सरकारले यसबारे आधिकारिक सूचना नगरेका कारण यसको नाममा हुनसक्ने ठगीबाट होशियार रहन नेपाल कल्चर सेन्टर कोरियाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया