Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भइसकेका वायुसेवा कम्पनीहरूलाई बक्यौता रकम तत्काल चुक्ता गर्न ताकेता गरेको छ । कम्पनी बन्द भइसके पनि बक्यौता रकम रहेकाले तत्काल बुझाउन प्राधिकरणले सात कम्पनीका सञ्चालकहरूलाई ताकेता गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि चुक्ता गर्न नआएको भन्दै प्राधिकरणले अन्तिम पटक सात दिनको समय तोकेर आज सातवटा वायुसेवा कम्पनीलाई बक्यौता रकम चुक्ता गर्न ताकेता गरेको हो ।

वायुसेवा कम्पनी तथा सञ्चालकहरूले बुझाउनु पर्ने बक्यौता रकम बुझाउन पटक- पटक पत्राचार गर्दा पनि बक्यौता चुक्ता गर्न नआएपछि प्राधिकरणले २०७६ असोज, २०७७ माघ र २०७८ भदौमा सार्वजनिक सूचनाहरू प्रकाशित गर्दै वायुसेवा कम्पनी तथा सञ्चालकहरूलाई बक्यौता चुक्ता गर्न आग्रह गरेको थियो ।

‘प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकी सरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरूलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणमा रहेको छ ।’

प्राधिकरणले भनेको छ, ‘प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको बाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीहरूले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडाैँको जम्मा गरी सक्कल भौचर यस प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले कुनै वायुसेवा कम्पनी वा सञ्चालकले आफूले बक्यौता रकम तिर्नु नपर्ने भए प्रमाणसहित प्राधिकरणमा निवेदन दिन पनि आग्रह गरेको छ । सात दिन भित्र बुझाउनु पर्ने बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी र सञ्चालकहरूलाई विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ३० (३) बमोजिम कारबाही गर्ने प्राधिकरणले जनाएको छ ।

‘नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम प्राधिकरणले वायुसेवा कम्पनी र सञ्चालकहरू तथा उनका हकदारहरू समेतको बैंक खाता रोक्का गरी नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारबाही गरी चल अचल जायजेथाबाट असुल उपर गरिनेछ’, सूचनामा प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार बक्यौता रकम चुक्ता नगर्ने वायुसेवा कम्पनीहरूमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरेवज र एयर काष्टमण्डप छन् ।

तपाईको प्रतिक्रिया