Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – म्याग्दीको बेनीमा ३ करोड २५ लाख रुपैयाँ खर्चेर रावण पार्क बनाइने भएको छ । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका-५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रावणको जन्म हालको बेनीमा पर्ने भूमिमा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । पुराणमा उल्लेख भएअनुसार रावण पुलस्ते ऋषिका नाति हुन् भने विभष्भा ऋषिका छोरा हुन् । पुलस्ते ऋषि सपरिवार ध्यान गर्न बेनी आइपुगेको किंवदन्ती छ । सोही क्रममा रावणको जन्म भएको मानिन्छ ।

१० वटा टाउको भएका रावणको जन्म भएकोले उक्त क्षेत्रमा अद्भुत शक्ति भएको स्थानीयको दाबी छ । ‘यज्ञस्थल, सुत्केरी स्याहार केन्द्र बनाइएको छ । नाभि गाडेको ढुङ्गा छ,’ स्थानीय कृष्ण बानियाँले भने, ‘रावण हुर्केपछि मात्रै लंकामा राजा बनेको पुराणमा पढ्न पाइन्छ । त्यसैले यो ठाउँको महत्त्व बढी छ ।’

बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीकाअनुसार रावणको मूर्तिसहित पार्क निर्माणका लागि मन्त्रालयले २ करोड ११ लाख रुपैयाँ र नगरपालिकाले १ करोड १४ लाख खर्च बेहोर्ने छ । पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने भएको छ । पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजना रहेको इन्जिनियर कार्कीको भनाई छ ।

पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत पार्क निर्माणका लागि बजेट छुट्याएको हो । नगरपालिकाले पार्क निर्माणका लागि धर्म एस कास्यप जेभी कलंकी काठमाडौँसँग ठेक्का सम्झौता गरिसकेको छ । पार्क ०७९ फागुनमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ । उक्त कम्पनीले १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ कबोल गरी ठेक्का सम्झौता गरेको हो ।

‘हामीले तयार पारेको गुरुयोजनाअनुसार पर्यटन मन्त्रालयबाट रावण पार्क निर्माण गर्न बजेट प्राप्त भई साझेदारी कार्यक्रमअन्तर्गत ठेक्का लागिसकेको छ’ बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले भने, ‘रावण पार्क निर्माण थालनी भएसँगै नगरपालिकाले पहुँच मार्गको स्तर उन्नत गर्ने, कालोपत्रे गर्न बजेट विनियोजन गरेका छौँ । अपुग बजेट संघ तथा प्रदेश मन्त्रालयमा आग्रह गरेका छौँ ।’

पार्क निर्माणको ठेक्का एस कस्यप जेभी काठमाडौँले पाएको छ । ‘बिस फिटको रावणको १० टाउका भएको पित्तलको मूर्ति बन्ने छ । हवन कुण्ड, नाभि गाडेको ठाउँ समेत व्यवस्थित हुनेछ,’ इन्जिनियर कार्कीले भने, ‘यो वर्ष नसकिएको काम क्रमगत रूपमा हुँदै जान्छ ।’

बेनीका मेयर हरिकुमार श्रेष्ठकाअनुसार २०७९ फागुनमा काम सक्ने गरी कम्पनीले १ करोड ७६ लाख ७७ हजारमा ठेक्का लिएको हो । त्यस ठाउँमा जाने सडक कालोपत्रेका लागि पनि बजेटको व्यवस्था गरिएको मेयर श्रेष्ठले बताए । डीपीआर बनाएरै निर्माणको प्रक्रिया सुरु भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया